MESSAGE FROM CHAIRMAN
“आपसी सहयोग सामुहिक हित एवं आर्थिक उत्थानका लागि शंखधर बचत” भन्ने मूल नारालाई आत्मासाथ गरी बागमती प्रदेश नं. ३ भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिकाका विभिन्न पेसामा आवद्ध जेहेन्दार, जुझारु, कर्मठ, लगनशील, मिहिनेती एवं इमानदार युवाहरुको समूहको अगुवाईमा ३० जना संस्थापक सदस्यहरुबाट राष्ट्रिय विभूति शंखधर साँख्वाःको नामबाट यस शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना २०६४ कार्तिक १९ गते डिभिजन कार्यालय भक्तपुरमा विधिपूर्वक दर्ता भई २०६४ कार्तिक २६ गते देखि आर्थिक कारोवार मध्यपुर थिमि नगरपालिकाको बालकुमारी थिमिबाट शुभारम्भ भएको थियो । यस संस्था स्फेकको अगुवाईमा स्थापना भएको जानकारी गर्दछु ।
मिति २०७६ फागुण २ गतेबाट यस संस्थाको आफ्नै भवनबाट आर्थिक कारोवार भइरहेको यस संस्थाका सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै संस्था अगाडि बढिरहेको छ । अन्तर्राष्ट्रिय सहकारी सिद्धान्त मूल्य मान्यता, सहकारी ऐन नियमावली तथा मापदण्डको आत्मसात गर्दै संस्थाको विनियम, नीति, निर्देशिका र कार्यविधिको पालना गर्दै संस्थामा आवद्ध शेयर सदस्य र यस संस्थाको हित समृद्धिको प्रतिवद्ध रहदै संस्था व्यक्तिले नभई विधि र नीतिले संचालन हुनु पर्छ भन्ने अवधारणाका साथ समुदायको आर्थिक प्रगति र उन्नतिमा समेत योगदान पुर्याउदै स्वाबलम्बी र समृद्ध समाज निर्माणमा संस्था लागि परिरहेको छ । संस्थाको मालिक संचालक वा कर्मचारी नभई वास्तबमा संस्थाका असली मालिक सम्पूर्ण संस्थाका सदस्यहरु नै हुन । सदस्यहरुको आर्थिक समृद्धिका लागि स्वरोजगारका अवसरहरु सृजना गर्न संस्थाले विभिन्न सिपमूलक, रोजगारमूलक तालिमहरु सञ्चालन गर्दै आइरहेका साथै सदस्यहरु तथा बाल बचतकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तालिमहरु निरन्तर रुपमा सञ्चालन गरी सदस्यहरुको आर्थिक, सांस्कृतिक र शैक्षिक स्तर उकास्ने प्रयास जारी रहेको छ । सम्पूर्ण बचतकर्ताहरुको बचत सुरक्षित राख्न प्रतिवद्ध रहेको छ । सहकारीको मूख्य उद्देश्य समाजमा छरिएर रहेका स–साना पूँजीलाई एकिकृत र न्यून आय भएका सदस्य र सदस्यका परिवारहरुको जीवनस्तर उकास्ने प्रयासरत छ । ज्येष्ठ सदस्यहरुको बचतको ब्याज आवश्यकता अनुसार सदस्यको घर घरमा गई ब्याज पुर्याउदैै सेवा दिइरहेको छ ।
यस संस्थाले सरकारी स्कूलमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, मध्यपु्र थिमि नगरको संस्कृति जर्गेना गर्ने उद्देश्यले नियमित भजन गर्ने भजन मण्डलहरुलाई रु. पचास/पचास हजारको “अक्षय कोष” स्थापना गरिएको छ । संस्थाको क्षमता अभिवृत्ति गर्न र विश्वसनियता कायम गर्न नेफ्स्कुन अन्तर्गत स्तरिकरण प्रोवेशन कार्यक्रममा आवद्धता रहेको जानकारी गराउँदछु ।